neelamb

मानव सेवा वीरगंजलाई सिटिजन बैंकको सहयोग

वीरगंज
सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले मानव सेवा आश्रम वीरगंजलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ । सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रमुख दिवस सिंह ठकुरीले आश्रमका प्रदेश संयोजक देवेश गुप्तालाई एक सेट इन्भटर , ब्याट्रीका साथै माइक र स्पिकर हस्तान्तरण गरेका हुन् । पछिल्लो समय तराई मधेसमा अत्याधिक गर्मी बढेपछी आश्रममा बसोबास गर्दै आएका लक्ष्मी नारायणहरुलाई समस्या हुदै आएको थियो । सोही अवस्थालाई मध्यनजर गरेर आश्रममा इन्भटर , ब्याट्री सहितका विभिन्न सामग्री वितरण गरिएको प्रादेशिक प्रमुख ठकुरीले बताए । सिटिजन बैंकले लामो समय देखि विभिन्न समाजिक कार्यमा रहदै आएकाले मानवीय नाताले आश्रममा सहयोग गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb