neelamb

वीरगंज नाकामा हट्यो नेपाली गाडीलाई रक्सौल प्रवेशको अवरोध

वीरगंज
नेपालबाट वीरगंजको बाटो हुँदै भारतीय शहर रक्सौल प्रवेश गर्न चार पाङग्रे ९चक्के० नेपाली गाडीलाई अब विशेष पास नलिनुपर्ने भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादव र वीरगंय महानगरपालिकाका मेयर राजेशमान सिंहको पहल पश्चात् रक्सौल बजारमा सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको हो ।
जनता समाजवादी पार्टी नेपाल ९जसपा० का प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले सीमावर्ती भारतीय शहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूसँग पहल गरेका थिए ।
छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय शहर रक्सौलसँग वीरगंजवासीको सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिकसमेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र व्यवहारिक नदेखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए । सांसद यादव र मेयर सिंहको आग्रह पश्चात् भारतीय भन्सार विभागले नेपाली नम्बर भएको चार पाङ्ग्रे ९चक्के० गाडीलाई पास लिनुपर्ने प्रावधानलाई हटाएको छ । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् । वीरगंज भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए ।

यसअघि मङ्गलवारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगज्ञस्थित भारतीय महावणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb