neelamb

स्रोत साधनमा कमजोर वीरगंज खानेपानी संस्थान

वीरगंज
विगत एक महीनादेखि वीरगंज काकाकुल भएको छ । जमीनमुनिको पानीको सतह घट्दा चापाकलमा पानी आउन छाडेको छ । आए पनि रातिको समयमा केही घण्टा पानी आउछ । पर्याप्त पानीको आपूर्ति धान्न नसक्दा पानी बेगर माछा छटपटाएजस्तै वीरगंजवासी पनि छटपटाइरहेका छ । यो समस्या वीरगंजको ३२ वटा वडामध्ये शहरी क्षेत्रको अधिकांश वडामा टड्कारो रुपमा देखिएको छ । जसले गर्दा अहिले पानीविना वीरगंजवासी व्याकुल बनेका छन् । अहिले दिनभर टोलटोलमा महानगरले टयांकरबाट पानी वितरण गरिरहेको छ ।
खानेपानी संस्थान वीरगंजका प्रमुख इन्जिनीयर नीरण महर्जनले कार्यालयमा चौतर्फी दबाब आइरहेको चर्चा गर्दै अपर्याप्त स्रोत साधनका बावजूद सेवा दिइरहेको बतााए । खानेपानी संस्थानले धारा जडानको माग अत्यधिक बढेसँगै कार्यालयदेखि दैनिक धारा जडानको काम पनि प्रभावित भइरहेको बुझिएको छ ।
असार १४ गतेको  तथ्याड्ढ अनुसार पछिल्लो दुई महीनामा नयाँ धारा जडानको लागि १२ सय निवेदन परेकोमा छ सय उपभोक्ताहरूको धारा जडान भएको र छ सय बाँकी रहेको निवेदनको काम पनि अगाडि बढेको उनले बताए । धारा जडानमा सोचे अनुसारको काम गर्न नसक्नुमा कार्यालयसँग भएको अपर्याप्त बजेट, दक्ष जनशक्तिको अभावले थप समस्या भएको बताए । बिहान १० बजेदेखि राति १० बजेसम्म प्राविधिकहरूले काम गर्दा पनि दैनिक २० वटा धारा मात्र जडान भइरहेको छ । जबकि दैनिक सयभन्दा बढी धारा जडानको निवेदन आइरहेको कार्यालयका सूचना अधिकारी सन्दीप कर्ण बताउँछन् ।
कार्यालयसँग ५० जना दरबन्दी भए तापनि स्थायीतर्फ १६ जना र करारतर्फ ११ जना गरी २७ जना मात्र कर्मचारी छन् । कार्यालयले दुई महीना अगाडि धारा जडानको सामग्री, बजेट एवं दक्ष जनशक्ति माथिल्लो निकायसँग माग गर्दा पनि हालसम्म जम्मा ६ जना कर्मचारी काभ्रेबाट पठाइएको र स्थानीय प्लम्बरहरूलाई करारमा काम गराउन खोज्दा सरकारी ज्याला प्रतिदिन रु आठ सयमा काम गर्न नमानेकाले धारा जडानमा समस्या भइरहेको बुझिएको छ ।

एउटा प्लम्बरले निजीतर्फ एक दिन काम गर्दा पाँच हजारसम्म कमाइरहेका छन्, हामीले सरकारी दस्तुर अनुसार एक दिनको आठ सय ज्याला दिंदा पनि उनीहरू आइरहेका छैनन् । अर्कोतर्फ धारा जडानको लागि आपत्कालीन अवस्था घोषणा गरेर केन्द्र सरकारले बजेट सुनिश्चित गरी कार्यविधि बनाएर अहिलेको समस्यालाई समाधान गर्ने हिसाबले अगाडि बढ्यो भने मात्रै समस्या समाधान गर्न सकिने खानेपानी संस्थानका कर्मचारीहरूको भनाइ छ । जबसम्म पर्याप्त बजेट, दक्ष जनशक्ति र काम गर्ने सहज वातावरण बन्दैन, तबसम्म खानेपानी संस्थान वीरगंजले प्रभावकारी सेवा उपलब्ध गराउन सक्दैन । अहिले दैनिक नेता, कार्यकर्ता, स्थानीय पालिकाका प्रमुख, प्रदेश सरकार, केन्द्र सरकारका मन्त्रीलगायतले वीरगंजको समस्या समाधान गर्न दबाब दिने गरे तापनि खानेपानी समस्या समाधानको लागि नीतिगतरूपमा र व्यावहारिक रूपमा तयारी र पहल नभएकोमा खानेपानी कर्मचारीहरू निराश छन् ।
२०२२ सालमा स्थापना भएको खानेपानी संस्थान वीरगंज २०४६ सालमा खानेपानी ऐन बनेपछि सो मातहत गएको हो । अहिले आठ हजार तीन सय घरमा धारा जडान भएकोमा हालसम्म करीब १२ करोडभन्दा बढी बक्यौता मात्र रहेको छ । खानेपानी संस्थान वीरगंजका कर्मचारीहरू धारा जडानमा व्यस्त भएकाले पानी चुहावटको अनुगमन गर्न नसक्दा मासिक ३० देखि ३५ लाख लिटर पानी चुहावट भएर नोक्सान भइरहेको बुझिएको छ । साढे चार लाख लिटर क्ष्ँमता भएका आदर्शनगर, घण्टाघर, पानीट्याड्ढीको ट्याड्ढी एवं राधेमाई, नगवा, विन्ध्यवासिनी र अलौलगायत ट्याड्ढीबाट मासिक ६० देखि ६५ लाख लिटर पानी वितरण हुने गरेको छ । वीरगंज कार्याालयलाई तत्काल दुई र तीन इन्चको १०–१० किलोमिटर लम्बाइको पाइप र पचासजना प्राविधिक आवश्यक रहेको बताइएको छ । खानेपानी धारा जडानको लागि रु ८,४१० दस्तुर र धारा जडानको सामग्री फेरोल, पाइप, मिटरलगायत खरीद गर्नुपर्ने हुन्छ । वीरगंजको ३२ वटा वडामध्ये पहिलेको एक देखि १७ नम्बर वडासम्म  र वडा नं १९ विन्ध्यवासिनी गरी हाल १८ वटा वडामा खानेपानी पाइपको सञ्जाल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb