neelamb

पर्साका आर्यन चौरसिया युट्युबमा लोकप्रिय बन्दै

वीरगंज
पर्साका एकजना किशोर छोटो अवधिमै सामाजिक सञ्जाल युट्युबमा लोकप्रिय बनेका छन्। पकाहामैनपुर गाउँपालिका–३ पकाहाटोल बस्ने १८ वर्षीय आर्यन चौरसिया दुई वर्ष अवधिमा शर्ट भिडियोमार्फत लोकप्रिय बनेका हुन् ।
उनी आइक्यु र सत्य घटनामा आधारित छोटो भिडियो बनाएर देश–विदेशमा लोकप्रियता हासिल गरेका छन्। पकाहामैनपुर गापाका पूर्व गापाअध्यक्ष विजय चौरसियाका छोरा आर्यनको अफिशियल चज्या च्यानल छ। कोरोना महामारीपछि बनाएको च्यानलमा अहिले १२ लाख ४० हजार सबस्क्राइबर्स छन्। उनले युट्युबको एशिया महादेश हेर्ने सिङ्गापुर शाखाबाट सिल्भर र गोल्डेन प्ले बटन पनि प्राप्त गरेका छन्।
युट्युबबाट हालसम्म चार लाखसम्म कमाइ गरेका चौरसिया आगामी दिनमा पढाइसँगै युट्युब क्रिएटरको काम पनि अगाडि बढाउने बताउँछन्। सनलाइट +२ स्कूल नगवाबाट एसइईमा ३.८५ जिपिएबाट उत्तीर्ण भएका आर्यन गोल्डेनगेट इन्टरनेशनल काठमाडौंबाट ७६ प्रतिशत अङ्क ल्याइ आइएस्सी उत्तीर्ण गरेका छन्। सप्mटवेयर इन्जिनीयर अध्ययनका लागि अस्टे«लिया जाने तयारीमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb