वीरगंज
बारामा एक जना महिलाको शकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा बारा,विश्रामपुर गापा–१ छातवाका सन्दिप कुशवाहाकी ३० वर्षिया पत्नी जया कुशवाहा देवी रहेकी छन् । शुक्रवार विहान साढे ७ बजे आफनै कोठाको पंखामा डोरीले झुण्डिएको अवस्थामा बारा प्रहरीले शव बरामद गरेको थियो । तर उनी ओछयानमै सुतिरहेको अवस्थामा डोरीमा झुण्डिएकी फेला परेकी थिइन् । त्यसकारण हत्या गरी झुण्डियाइएको हुन सक्ने भएकोले घटना शकास्पद देखिएको बारा प्रहरीका प्रारम्भि अनुसन्धानले देखाएको छ । बारा प्रहरीले निजका श्रीमान सन्दिपलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
जयाको माइत वीरगंज–१२ मुर्ली हो । जयाका श्रीमान सन्दिपले ४ महिना अघि जयालाई दाइजोको लागि मानसिक याताना दिएर कुटपिट गरेको र त्यसबेला जिल्ला प्रहरी कार्यालय बारामा छलफल गराई मिलापत्र गरी जयालाई पुनः श्रीमानको घर पठाइएको थियो । यता, केही महिनादेखि सन्दिपले जयाको मोबाइल पनि खोसेका थिए । माइतपक्षसंग कुराकानी समेत गर्न नदिएको भन्दै जयालाई एक्लो बनाएर यातना दिएको माइत पक्षको आरोप छ ।
बन्द कोठा भित्र हत्या गरी सिलिङको पंखा जडान गर्ने हुकमा डोरी बाधेर झुण्डियाएर कोठा बन्द गरेको कारण आत्महत्याभन्दा हत्या भएको माइत पक्षको आरोप छ । केठाको ढोकाको चुकुल झयालको भेन्टिलेशनबाट लठीको सहाराले बन्द गरी हत्याको नाम दिइएको जयाका दाइ दिपेन्द्र कुशवाहाको भनाई छ । करिब रु २९ लाख खर्चमा डेढ वर्षअघि सन्दिप र जयको विवाह भएको थियो । यस विषयमा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटना शाकास्पद देखिएकोले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।साथै,पोस्टमार्टमको रिपोर्ट अनुसार मुद्दा दायर गर्ने प्रहरीको तयारी रहेको बताए ।
विवाहको डेढ वर्षपछि जयाको शकास्पद मृत्यु

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय