neelamb

जानकी मन्दिर परिसरमा अश्लिल टिकटक बनाउने युवक पक्राउ

वीरगंज
धर्मिक स्थलमा अश्लिल टिकटक बनाई समाजिक संजालको माध्यमबाट समाजमा अश्लिलता फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन अघि जकपुरको जानकी मन्दिरको विवाह मण्डप भित्र अश्लि हर्कत देखाई टिकटक भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात भिडियो बनाउने व्यक्तिहरूको तीब्र खोजतलास शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला धनुषा, औरही गाउँपालिका. ६ पोखरभिण्डा बस्ने अन्दाजी वर्ष १८ कका अनिरूद्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि म्याद थप गरेको छ । उक्त टिकटक भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तीहरू समेतको खोज तलाश जारी रहेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जनाए ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb