neelamb

मार्टिन चौतारीको छलफलमा वक्ताले भने–‘पैदल अनुसन्धान पुस्तकले वास्तविक समस्या समेटेन’

वीरगंज
विगत लामो समयदेखि अनुसन्धान र पुस्तक प्रकाशनमा सक्रिय रहेको मार्टिन चौतारी काठमाडौंको आयोजनामा वीरगंजमा छलफल कार्यक्रम सम्पन्न भएको छ । सत्याग्राहको सहकार्यमा वीरगंज कलेजमा आयोजना भएको कार्यक्रम दुई सत्रमा चल्यो । मधेशप्रदेशको आठ जिल्लाकै विषयवस्तुलाई एक वर्ष लगाएर अनुसन्धान गरी १२ वटा अनुसन्धानमुलक रिपोर्टको संगालो ‘मधेशप्रदेशमा पैदल अनुसन्धन पुस्तकमाथि छलफल’ बारेमा पहिलो सत्रमा छलफल भएको थियो भने दोस्रो सत्रमा नेपालमा संघीयता कार्यान्वयसका सात वर्षः मधेशको दृष्टिकोण बारे छलफल चल्यो ।
सत्याग्राहका चन्द्र किशोरको सभाअध्यक्षता एवं मार्टिन चौतारीका सम्पादक सोहनप्रसाद साहको सहजीकरणमा पहिलो सत्रमा पुस्तकको विषयमा वक्ताहरुले धारणा राखे । वीरगंज कलेजका प्रिन्सिपल विनोद गुप्ताले मार्टिन चौतारीले मधेशको मिहिन विषयको बारेमा ग्रासरुटबाट अनुसन्धान गर्न आवश्यक रहेको बताए । उनले भने,‘पुस्तकको नाम अनुसार काम भएको छैन,मधेशको वास्तविक समस्या समेटिएन, यहाँको समस्या जस्ताको त्यस्तै अनुसन्धानको माध्यमले समेटदा नीति निर्माणमा साकारात्मक हस्तक्षेप गर्न सकिन्थ्यो ।’
वीरगंज कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले पुस्तकमा समेटिएको १२ वटा अनुसन्धान रिपोर्ट मध्ये केही अनुसन्धानको औचित्य नरहेको समेत बताए । मार्टिन चौतारीद्वारा प्रकाशित पुस्तकले नयाँ पुस्ता पढदा भ्रममा पर्ने समेत आरोप लगाए । उनले मधेश प्रदेशको आर्थिक विषयवस्तुमा आवाज उठानु पर्ने आवश्यक रहेको बताए । पटेर्वासुगौली गापाकी उपाध्यक्ष ममता महतोले पुस्तकको कभर पृष्ठमा साइकलमा दुई किशोरी चढेको तस्बिर छापिएको तर उक्त साईकल मधेशप्रदेशमा बेटि पढऔं–बेटी बचाऔं अभियान अन्तर्गत वितरण गरिएको साइकल भएकोले कही यो पुस्तक पनि विवादमा तानिने हो की चिन्ता व्यक्त गरिन् । उनले पुस्तकमा मधेशको शिक्षा,स्वास्थ्य,स्थानीय तहमा जनप्रतिनिधिको समस्या बारे गहकिलो अनुसन्धान नआएकोमा दुःख व्यक्त गरिन् । मधेशको विकासमा कोसे ढुङ्गा साबित हुने उनले ठोकुवा गरिन् । अधिवक्ता प्रतिमा चौरसियाले टिपण्णीसहितको आफनो धारणा राख्दै पुस्तकको कमिकमजोरीको बारेमा धारणा राखिन् । २८४ पृष्ठ लामो पुस्तकमा १२ वटा अनुसन्धान छापिएको छ । कार्यक्रमको वक्ताहरुले अगामि दिनमा मधेशको समस्यालाई ज्यूका त्यूँ छर्लङ पार्ने गरी अनुसन्धान र शोधको कार्यलाई अगाडि बढाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

मार्टिक चौतारीका अर्का सम्पादक देवराज हुमागाईको स्वागत मन्तव्य व्यक्त गरेको कार्याक्रममा नेपालमा संघीयता कार्यान्वयनका सात वर्षःमधेशको दृष्टिकोणको विषयमा वीरगंजका वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई र अधिवक्ता पन्नालाल गुप्ताले आफनो विश्लेषनात्मक धारणा राखेपछि छलफलको लागि सहभागीहरुको लागि फलोर खुल्ला गरिएको थियो । छलफल कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सेढाईले संघीयता कार्यान्वयनमा निकै चूनौती देखिएको बताए । ७ वटा प्रदेश मध्ये मधेशमा मात्रै एउटा सरकारले ५ वर्षे कार्याकाल पुरा गरेको थियो भने अन्य प्रदेशमा सरकार बनाउने र गिराउने काम मात्रै भएको बताएका थिए । साथै,कर्मचारी समायोजन गर्न नसकेको,संघीय प्रहरी र प्रदेश प्रहरीलाई समायोजन नभएको,संघीय निजामति ऐन,शिक्षा ऐन नबनेका, मधेशप्रदेश सरकारले केन्द्र सरकार विरुद्ध ६ वटा रिट दायर गर्नाले पनि नेपालमा संघीयता कार्यान्वयनमा चूनौती थपेको प्रष्ट पारे । संघीयताले नेपालमा राष्ट्रियताप्रति कुनै खतरा नदेखिए तापनि संघीयता खारेजीको लागि पनि केही शक्ति सक्रिय भएको प्रति पनि सरोकारवालाहरु गम्भीर बन्नु पर्ने उनको सुझाव थियो । कार्यक्रममा लेक्चरर वीरेन्द्र साह,सुष्मा तिवारी द्विवेदी ,पोखरीया नपाकी पूर्व उपप्रमुख सल्मा खातुन, नेपाली काँग्रेसका यूवा नेता कन्चन झा, माओवादी नेता सलाउद्दीन अहमदलगायतले आफनो जिज्ञासा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb