neelamb

वीरगंजमा खानेपानीको चरम समस्याःपिउन पानी समेत भएन

वीरगंज
वीरगज महानगरपालिकामा केही महीनादेखि देखिएको खानेपानीको समस्या यथावत छ । महानगरभित्रका अधिकांश वडामा खानेपानीको हाहाकार मचिएको छ । नगरवासीहरू खानेपानीको व्यवस्था गर्न अहिले दिनरात व्यस्त हुने गरेका छन् । वैशाखमा महानगरमा खानेपानीको समस्या भएको विभिन्न सञ्चारमाध्यबाट समाचार प्रकाशमा आएपछि महानगरले पानीको समस्या समाधान गर्ने दावी गरेको थियो । यसका लागि महानगरले नीति, नियम तथा खानेपानी संस्थानसंग मिलेर समस्या समाधान गर्ने दावी गरेको थियो ।
महानगरले वडास्तरमा निशुल्क धारा जडान गर्ने घोषणा समेत गर्यो । तर महानगरवासीको समस्या समाधान नगर्दा झनै खानेपानीको हाहाकार भएको नगरवासीले आरोप लगाएका छन् । वीरगंज–१३ राधेमाईका विनोद यादवका अनुसार टोलको करिब डेढ सय धारा सुख्दा टोलवासीलाई समस्या भएको बताए । ‘अहिले टोलवासीहरु राति राति पानीको जोगाडमा घुमिरहेका छन्,रातिको धारा पानी आउँछ भनी मोटर चलाउन पानी भण्डारणमा खटिरहेका छन्,’उनले भने,‘विहान चर्पी र बाथरुममा पानी नभएर निकै समस्या सामाना गर्नु परेको छ,पिउन पानेको त कुरै छोडौं ।’ जोसंग पैसा छैन,उसले अरु वडाबाट पानी खाज्दै हिडेका छन् भने पैसा हुनेले बोत्तलको पानी किनेर उपभोग्य गरिरहेका छन् ।

वीरगंजको मुर्ली,राधेमाई,तेजारथ टोल,अलौ,सुगौलीविर्ता,श्रीसिया,लिपनीविर्ता,भवानीपुर,रामगढवा,मनियारी,लक्षुमानवा,बसपार्क,छपकैया,श्रीपुर,आदर्शनगर,घडिअर्वालगायत अधिकांश शहरी वडामा पानीको समस्या उत्पन्न भएको छ । पानीको समस्या समाधानको लागि वीरगंज महानगरले टोलटोलमा टयांकरबाट पानी आपुर्ती गर्न शुरु गरेको छ । साथै,पानीको समस्या दिगो रुपमा समाधानको लागि अनाधिकृत डिप बोरिङलाई महानगरले रोक लगाउँदै सबै वडाको सार्वजनिक स्थानमा सामुहिक डिप बोरिङ गर्ने तयारी गरेको महानगरले जनाएको छ । महानगरले खानेपानी संस्थान वीरगंजसंग सहकार्य गरी केही वडाको सार्वजनिक स्थानमा सामुहिक बोरिङ पनि जडान गर्ने तयारी गरेको वीरगंजका मेयर राजेशमान सिंहले बताए ।
संसथानको धारा महगो पर्दै
खानेपानी संस्थानको धारा जडानको लागि वडामा सिफारिस लिन जाने सेवाग्राहीसँग वडा कार्यालयले रु तीन हजार पाँचसयदेखि पाँच हजारसम्म राजस्व लिने गरेको छ । त्यस्तै खानेपानी संस्थानको कार्यालयमा धारा जडानको लागि रु आठ हजार ४१० दस्तुर तथा अन्य सामान गरी प्रतिधारा लिन रु २० देखि ३० हजार तिर्नुपरेको नगरवासीले बताएका छन । खानेपानी संस्थानका प्राविधिक इन्द्रराज पाण्डेले वीरगंज कार्यालयमा अहिलेसम्म छ सयको हाराहारीमा निवेदन दर्ता भएको बताए । उनले सोमध्ये ४५० वटा धारा वैशाख, जेठ र असारसम्म जडान गरेको बताए । जनशाक्ति अभावबीच आपूmहरू काम गरिरहेको पाण्डेले बताए । खानेपानीको पाइप पुगेको ठाउँको मात्र निवेदन लिइरहेको बताउँदै पाण्डेले महानगरको धेरै जसो टोलमा खानेपानीको पाइप नपुगेको बताए ।
खानेपानीको सतह बढाउन गर्नूपर्छ यी काम
अत्यधिक गर्मी बढेसंगै तराई मधेशका जिल्लामा भइरहेको खानेपानी अभावको समस्यालाई दिगो रुपमा काम गर्न दिगो मास्टर प्लान बनाएर काम गर्नु आवश्यक रहेको विज्ञको भनाई छ । भूमिगत जलश्रोत तथा सिचाई्ँ विकास डिभिजन पर्सा वीरगंजका प्रमुख विकास ठाकुरले जमिन मुनिको पानी संचितीको लागि सबैभन्दा मुख्य कुरा अनावश्यक पानीको खपतलाई कम गर्नू आवश्यक रहेको बताए । भूजलविद्(हाइड्रोजियोलोस्टि समेत रहेका प्रमुख ठाकुरले तराई मधेशको पानी संचित गर्ने मुख्य मुहान चूरे क्षेत्र भएकोले अवैध उत्खननलाई कडाई गर्दै नियन्त्रण गर्न सुझवा समेत दिन्छन् । धाराको पानीलाई पुनः जमिन भित्र पठाउन हुँदा (धारा नजिकै खाल्डो खनेर पानी जमिनमा सोस्न लगाउने खाल्डो ) खन्ने,अनाधिकृत डिप बोरिङमा प्रतिबन्ध लगाउने,वर्षातको पानीलाई जम्मा पार्ने योजना अघि बढाउने,वृक्षारोपणमा तिव्रता दिने जस्ता कार्यले जमिन मुनीको पानीको सतहलाई बढाउन सकिने उपाय बताए ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb