neelamb

पर्सामा उद्योग दर्तामा कमी,गतवर्ष १ हजार ८९ उद्योग मात्रै दर्ता

वीरगंज
पर्सामा आर्थिक वर्ष २०७९–०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९–८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकी आव २०७८–८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९–८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९–८० मा एक सय ७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८–७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

विश्वव्यापीरूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए । आव २०७९–८० मा एक हजार दुई सय ७५ उद्योगको नवीकरण, एक सय ६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँसारी, ८४ वटाको नामसारी गरिएको सो कार्यालय जनाएको छ ।
ती शीर्षकबाट आव २०७९–८० मा रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए । उक्त आवमा छ सय ५४ पुरुष र चार सय ५० महिला गरी एक हजार एक सय चार उद्यमी थपिएका छन् भने तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिला गरी चार हजार चार सय ६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आव २०७९–८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत तीन सय ६२ पुरुष र ९८ महिला गरी चार सय ६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए ।
यससँगै पर्सा जिल्लामा पछिल्लो छ वर्षको अवधिमा सात हजार दुई नयाँ उद्योग थपिएका छन् । गत आव २०७४–७५ देखि आव २०७९–८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी सात हजार दुई नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साले जनाएको छ ।तर आव २०७४–७५ देखि आव २०७९–८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीकरण र उद्योगको लगतकट्टालगायतका शीर्षकबाट छ करोड ९७ लाख ९२ हजार सात सय ८० राजस्व संकलन भएको कार्यालय प्रमुख सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb