neelamb

वीरगंज महानगरले नारायणी अस्पताल सफा बनाउने काम थाल्यो

वीरगंज
वीरगंज महानगरपालिकाले नारायणी अस्पतालको सरसफाइ गर्न शुरु गरेको छ । नारायणी अस्पतालमा विशेष गरेर मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौतहट लगायतका जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । बिरामीको अत्यधिक चाप हुने यस अस्पताल सरसफाइ अभावमा सेवाग्राही दुर्गन्धबाट सास्ती खेप्न बाध्य थिए । यही अवस्थालाई मध्यनजर राखेर वीरगंज महानगरले सफाइकर्मी खटाएर अस्पतालको सरसफाइ शुरु गरेको हो ।
फोहोर गर्नेलाई कारबाहीको दायरामा ल्याएर वीरगंजलाई नै सफा बनाउँदै अघि बढेका महानगरका मेयर राजेशमान सिंहले अस्पताललाई पनि सफा राख्ने अभियान शुरु गरेको बताए । गत शुक्रबार महानगर र अस्पताल प्रशासनबीच सम्झौता भएसँगै महानगरले सोमबारदेखि सरसफाइको काम सुरु गरेको हो । सरसफाइको पहिलो दिन महानगरका मेयर सिंह आफैं अस्पताल पुगेर सफाइ गरेका थिए । पहिलो चरणमा अहिले अस्पताल चिटिक्क पार्ने गरी सरसफाइको काम अघि बढाएको बताउँदै उनले अस्पताल परिसर सफा स्वच्छ राख्न सबै सेवाग्राहीलाई अपिल पनि गरेका छन् । सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।
अस्पतालको आईसीयू सञ्चालनका लागि महानगरले यसअघि नै आवश्यक बजेटको व्यवस्थापन गरेको बताउँदै उनले प्रसूती गृहलाई व्यवस्थित बनाउने योजना रहेको बताए । मेयर सिंहले अस्पताल निरीक्षणका क्रममा जीर्ण रहेका संरचना महानगरले पुनः निर्माण गर्ने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले वीरगञ्ज महानगरपालिकाले अस्पतालको सरसफाइमा औपचारिक रुपमै सघाएकोमा मेयर सिंहलाई धन्यवाद दिंदै अब सरसफाइमा लापरबाही गर्ने जो कोहीसँग पनि सम्झौता नगरिने बताए । अस्पतालको गुणस्तरीय सेवामा अगामी दिन पनि साथ र सहयोग पाउने आपेक्षा आफूले लिएको मेसु साहले बताए । अस्पताल सफाइका लागि महानगरले एक जना नाइकेको नेतृत्वमा ९ जना सरसफाइकर्मी परिचालन गरेको महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb