neelamb

विकाश राउत थारु ख्रिष्टियान समाजको नभएको दावी

राधेश्याम पटेल, वीरगंज, २७ असार । पर्सा ख्रिष्टियान समाजले वीरगंजमा पत्रकार सम्मेलन गरी पर्सा पटेर्वासुगौली गाउँपालिका–४ फरहदवाका विकाश राउत थारु इसाइ समाजका व्यक्ति नभएको स्पष्ट पारेको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्सामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष बाबूराम क्षत्रीले यस्तो बताएका हुन् । पर्सामा २०६४ सालदेखि पर्सा ख्रिष्टियान समाज स्थापना भई जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता रहेको चर्चा गर्दै केही सञ्चारमाध्यममा थारु इसाइ धर्मको अनुयायी भएको र पानी खुवाएर बिरामी निको पारिरहेको एवं धर्म परिवर्तन गराइरहेको खबरप्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै इसाइ समाज पर्साले सोबारे गम्भीर भएको उनले बताए । बाइबल बोकेर हिंड्दैमा र येशुको नाम लिंदैमा यो ख्रिष्टियान हुन्छ भनेर भ्रममा नपर्न पत्रकार सम्मेलनमार्फत पर्सा जिल्लावासी अनुरोध गरिएको छ ।
त्यस्ता भ्रामक समाचारबाट सबैजना सचेत बन्न आवश्यक रहेको उनले प्रकाश पारे । यो हावाका साक्षीहरु, पिता परमेश्वर, माता परमेश्वर, इसाइ समूहलगायत समूहहरु त्यस्तो भ्रमपूर्ण काम गरेर इसाइ धर्मको मानमर्दन गरेको समेत त्यसतर्फ इसाइ धर्मावलम्बीलाई नजोडेर हेर्न अनुरोध गरे ।
विकाश थारुको बारेमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई समेत जानकारी गराइसकेको उनले बताए ।
समाजका महासचिव रामप्रसाद घिमिरेको सहजीकरणमा भएको पत्रकार सम्मेलनमा पर्सामा २०६४ सालमा १७ वटा चर्च रहेकोमा आजको समयमा पर्सामा समाजसँग आबद्ध २४ वटा र आबद्ध नभएको ५ वटा गरी कूल २९ वटा चर्च भएको बताए । पर्सा जिल्लामा सात सय इसाइ धर्मावलम्बी रहेकोमा हाल आएर १७ सय पुगेको बताए ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...
Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb