neelamb

मलमा कालोबजारी गरेका पर्साका साह पक्राउ

वीरगंज
मलको कालो बजारी गरेको आरोपमा पर्सा प्रहरीले एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका – २ निवासी २८ वर्षीय दिपेशकुमार साह रहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपलब्ध गराएको शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको बोरामा राखी प्याकेजिङ गरी अनधिकृतरूपमा विक्री वितरण गर्दै आएको विशेष सूचनाको आधारमा साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साहलाई बिहीबार बिहान साढे ९ बजेको वीरगंज– २१ परवानीपुर हनुमान मन्दिर चोकबाट उनले सञ्चालन गरेको रासायनिक मल गोदामबाट नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मलको ५० किलोग्रामको बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ किलोग्रामको राखी प्याकिङ गरी साहले अनधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गर्दै आएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले उनको गोदाममा छापामारी गरेको डिएसपी गिरीले बताए ।
छापामारीका क्रममा साहको गोदामबाट प्रहरीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ४५ वटा बोरा, भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १५ वटा बोरा, युरिया मल ओसार पसार कार्यमा संलग्न वीआर ०१ एएस ३५६३ नम्बरको बजाज प्लाटिना मोटरसाइकल एक थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खेती शक्ति युरिया मल ५० किलोग्रामको ३१ वटा खाली बोरा र भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ किलोग्रामको १६ वटा खाली बोरा बरामद गरेको डिएसपी गिरीले जानकारी दिए । साहलाई नियन्त्रणमा लिएर कालो बजारीअन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको गिरीले बताए ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb