neelamb

अब बिजुली बसबाट पथलैया–वीरगंज करिडोरको यात्रा

वीरगंज, १२ असार । सुन्दर यातायातले पथलैया–वीरगंज औद्योगिक करिडोरको प्रवेशस्थल पथलैयादेखि वीरगंजसम्म बिजुली बसको सेवा दिने तयारी गरेको छ ।
सुन्दर यातायातले असार अन्तिम सातादेखि सुविधायुक्त विद्युतीय बस सञ्चालन गर्ने सबै तयारी पूरा भएको जानकारी दिएको छ । निजी क्षेत्रको यो कम्पनीले बस सञ्चालन गर्न चार विद्युतीय बस ल्याइसकेको छ । यो करिडोरमा पर्ने बजारहरू पथलैया, सिमरा, जितपुर, परबानीपुर हुँदै वीरगंजसम्मको यात्रा २५ किलोमिटर हुनेछ । यो बस व्यापारिक ६ लेन सडकमा चल्नेछ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार संघीय सांसद किसान श्रेष्ठको आग्रहमा बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले असारको अन्तिम दिनतिर बस सेवा शुरू हुने पनि बताए । उनले भने, “अब हामी असारको अन्तिम साताको कुनै पनि दिन करिडोरमा बिजुली बस सञ्चालन गर्नेछौं ।” बिजुली बस जर्मनी प्रविधिमा चीनले उत्पादन गरेका हुन् । यी बस युरो मापदण्डका हुन् । यस्ता बस विश्वका सम्पन्न मुलुकमा समेत प्रचलनमा आएको र अन्तर्राष्टिय स्तरका भएको थापाले दाबी गरे ।
अहिले बिजुली बस चार्ज गर्नका लागि सिमरा क्षेत्रमा चार्जिङ स्टेसन बनाउने काम भइरहेको छ । कम्पनीका अनुसार स्टेसनको काम अन्तिम अवस्थामा पुगेको छ भने बस चीनबाट वीरगंजमा आइसकेका छन् । ३५ सिट क्षमताका यी बसमा जिपीएस प्रविधि जडान गरिने छ । कम्पनीलाई केन्द्रीय कार्यालयबाट बस र यात्रीको मनिटरिङ गर्न सजिलो हुनेछ ।
कम्पनीले सिमरा क्षेत्रमा बनाउन लागेको चार्जिङ स्टेसन सौर्य तथा विद्युत दुवैको कनेक्सन हुनेछ । यसबाट अन्य निजी तथा सार्वजनिक सवारीसाधनले पनि प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार तीनदेखि ५ रुपियाँँ प्रतियुनिट शुल्क लाग्नेछ । कम्पनीले चार्जिङ स्टेसनमा एटिएम, कोल्ड स्टोर, रेष्टरूम पनि बनाउने छ ।
निजी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने सुन्दर यातायात पहिलो कम्पनी हो । यो कम्पनीले देशका अन्य भागमा १९ वटा बस सञ्चालन गरेर सेवा दिँदै आएको छ । अहिले यो रूटमा सेवा विस्तार गरेको हो । आगामी आर्थिक वर्षभित्र देशका अन्य स्थानमा सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए ।
कम्पनी ऐनअनुसार चालक, सहचालकदेखि मनिटरिङ अपरेसन विभाग, चार्जिङ स्टेसनमा कार्यरत प्राविधिक कर्मचारी सबै माग भइसकेको कम्पनीले जनाएको छ । यातायात व्यवस्था विभागले तोकेको मापदण्डअनुसार अपांगता भएकका, वृद्धवृद्धा, विद्यार्थी लगायतलाई भाडामा छुट दिइने छ । सवारीको सुविधाअनुसार तीन तहको भाडादर रहे पनि लोकल बसको भन्दा भाडादर धेरै हुनेछैन । तराईको गर्मीमा बिजुलीको चिसो सुविधासहितको सेवा यात्रीलाई दिने लक्ष्य राखेको अध्यक्ष थापाले बताए ।
एयर कन्डिसनर सेवासहितका यी विद्युतीय बस वातावरणमैत्री रहेको कम्पनीको दाबी छ । बसमा यात्रा गर्दा टाउको नदुख्ने, रिगंटा नलाग्ने, बान्ता नहुने र आरामदायी यात्रा हुनेछ । कुनै प्रकारको इन्धन खपत नगर्ने भएकाले यो बस डिजेल गाडीको जस्तो चर्काे ध्वनी रहित हुनेछ ।
करिडोरमा सञ्चालनलगत्तै कम्पनीले हेटौंडा–वीरगंजमा २० सिटे ४ वटा बसले सेबा विस्तार गर्ने जनाएको छ, जुन बस भैरहवा भन्सारमा यही असार २५ गते आइपुग्ने बताइएको छ ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb