neelamb

जिप्रका, पर्साबाट आइतवार १२१ जनाले नागरिकता पाए

वीरगंज, ११ असार । जिल्ला प्रशासन कार्यालय, पर्साले आइतवार जन्मसिद्ध नागरिकका १२१ जना सन्तानलाई बंशजको नागरिकता प्रदान गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आइतवार जन्मसिद्ध नागरिकका १२१ सन्तानले बंशजको नागरिकता प्राप्त गरेको बताए ।
उनले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरूको भिड बढेको बताए । उनले हालसम्म ३ हजार ६ सय भन्दा बढिले आवेदन दिएको बताए ।
सेवाग्राहीहरूलाई झन्झट नहोस् भनेर अनलाइन टोकन प्रणालीबाट सेवा दिइएको उनले बताए । अनलाइनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भएबमोजिमको मितिमा आएर सेवा लिन सक्ने सप्रजिअ पौडेलले बताए । सेवाग्राहीले जिप्रका, पर्साको वेवसाइटमा गएर अनलाईन टोकन लिन सक्नेछन् ।
उनले आज सोमवार दिउँसो १ बजेसम्म ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb