neelamb

फेटा गापाको अगामि बजेट ३५ करोड ६३ लाख

कलैया
बाराको फेटा गाउँपालिकाको १२ औं गाउँ सभा आज सम्पन्न भएको छ । फेटा गाउँपालिकाको परिसरमा आयोजित सभाले आगमि आव २०८०–०८१ को लागि रु ३५ करोड ६३ लाख ६२ हजार बाराबरको अनुमानित बजेट पारित गराएको छ । गापा उपाध्यक्ष निलम साहले प्रस्तुत गरेकी नीति तथा कार्यक्रम एवं बजेटमा शिक्षा,स्वास्थय,कृषि,भौतिक संरचना,समाजिक विकासलगायत शिर्षकलाई प्राथमिकतामा राखिएको छ ।
बिनियोजित बजेटमा सघ सरकारबाट वितिय समानीकरण अनुदान १० करोड ६ लाख,समपुरक अनुदान ८० लाख,सशर्त अनुदान १४ करोड ४८ लाख,राजस्व् बाँडफाँड७ करोड २८ लाख,प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान ८१ लाख ३० हजार,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख,आन्तरिक सेतबाट ५० लाख गरी कुल रु ३५ करोड ६३ लाख ६२ हजारको बजेट पारित भएको गापाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंहले जनाए । बजेटमा चालुतर्फ १२ करोड ५० लाख,पूजीगततर्फ ८ करोड ६५ लाख,सशर्त खर्चतर्फ १४ करोड ४८ लाख बजेट विनियोजन भएको जनाइएको छ ।गापा अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतमामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य,कर्मचारी,सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...
neelamb