neelamb

विन्दवासिनी गापाको बेरुजु बढेर २० करोड पुग्योे,बर्थिङ सेन्टर नहुदै लाखौंको समान खरिद

वीरगंज
विन्ध्यवासिनी गाउँपालिकाभरिमा एउटा पनि बर्थिङ सेन्टर छैन तर बर्थिङ सेन्टरका लागि आवश्यक लाखौं मूल्यका सामान खरीद गरिएको छ । यी सामान चालू वर्षको लागि मात्र खरीद भएको होइन, प्रत्येक आवको वार्षिक बजेटबाट खरीद हुँदै आएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले हालै जारी गरेको अडिट रिपोर्टमा बर्थिङ सेन्टरका लागि पाँच लाख मूल्यबराबरको न्यानो झोला खरीद गरी गोदाममा थन्क्याइएपछि सो रकम बेरुजू मात्र हैन, भ्रष्टाचारको सीमा नाघेको जनाइएको छ ।
सो गापाले प्रत्येक आर्थिक वर्षमा न्यानो झोला खरीद गर्दै आएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । विन्ध्यवासिनी गापाबाहेक पर्साका १३ वटै पालिकामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । जनप्रतिनिधिहरूको लापरवाहीका कारण हालसम्म विन्ध्यवासिनी गापामा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको बताइन्छ । मालेपको प्रतिवेदनले सो गापामा २० करोड सात लाख ७७ हजार बेरुजू देखाएको छ । प्रतिवेदनमा श्यामबाबू साह २०७८÷६÷१ देखि २०७८÷९÷१० सम्म, अमित गिरी २०७८÷८÷१८ देखि २०७८÷११÷१० सम्म तथा २०७८÷११÷१ देखि २०८० जेठ २५ गतेसम्म राजु साह प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । जनप्रतिनिधिहरूले दबाब दिएको बहाना बनाइ कर्मचारीहरूले कमिशनका लागि फलदायी योजनालाई पाखा लगाइ वितरणमुखी योजना बनाएर दुई करोड ८० लाखबराबरको १७३ थान सिलाइ मेशिन, ४०१ वटा चापाकल, तीन सयवटा ग्याँस सिलिन्डर २०७८÷१२÷२४ गतेदेखि खरीद गरी वितरण गरेकाले सो रकम पनि बेरुजू देखाउँदै मालेपले रकम असुल गर्न भनेको छ । नियम अनुसार सो गापाले १९ लाख बराबरको इन्धन खर्चिनुपर्नेमा ३३ लाख ९४ हजारको इन्धन खरीद गरेकोमा सचेत गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb