neelamb

सावित्रा युरोपेली क्लबमा आबद्ध

काठमाडौं, ३१ जेठ ।

नेपालकी स्ट्राइकर सावित्रा भण्डारी युरोपियन क्लब हापोयल रानानासँग अनुबन्धित भएकी छिन् । एक महिनाभित्र उनी लिग खेल्न इजरायल पुग्नेछिन् । राष्ट्रिय टोलीबाट उनले ४१ खेलमा सर्वाधिक ४३ गोल गरेकी छिन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली क्लबबाट लिग खेल्ने भएकी छिन् । नेपाली टोलीकै नम्बर एक स्ट्राइकर सावित्राले इजरायलको शीर्ष डिभिजनको क्लब हापोयल रानानाबाट खेल्ने भएकी हुन् । सावित्राले मंगलबार सामाजिक सञ्जालबाट लेबनानको शीर्ष डिभिजन रानानामा आबद्ध भएको जानकारी दिएकी हुन् । उनका अनुसार दुई पक्षीबीच २०२३/०२४ को सिजनका लागि सम्झौता भएको छ । लामो समयदेखिको युरोपमा फुटबल खेल्ने सपना पूरा भएको उनले बताएकी छिन् । ‘युरोपमा फुटबल खेल्ने मेरो सपना थियो, आज यो पूरा भएको छ,’ सावित्राले भनेकी छिन् ।

सावित्राले युरोपको क्लबबाट खेल्ने पक्षलाई करिअरकै एक उत्कृष्ट खुड्किलोका रूपमा लिएकी छिन् । ‘सम्भवतः यो मेरो करिअरकै महत्वपूर्ण खुड्किलो हो,’ उनले भनिन्, ‘यस अवसरलाई जतिसक्दो धेरै सदुपयोग गर्नेछु ।’ दुईपक्षीय सम्झौताअनुसार सावित्रा एक महिनापछि इजरायल जानेछिन् । उनले आफ्नो मात्र नभएर एसियाली खेलाडीको सपना नै युरोपियन फुटबल खेल्ने सपना रहेको बताइन् ।

‘एसियाली खेलाडीको युरोपबाट खेल्ने सपना हुन्छ, म त्यही सपना पूरा गर्नतर्फ लाग्दै छु ।’ यद्यपि, इजरायल एसियाली भूमिमा रहे पनि इजरायलको फुटबल संघले युरोपियन फुटबल महासंघबाट आबद्धता लिएको छ । यसै कारण इजरायलले युरोपमा आयोजना हुने फुटबल प्रतियोगितामा भाग लिन पाएको हो ।

दक्षिण एसियाकै नम्बर एक
सावित्रालाई दक्षिण एसियामा महिलातर्फ सर्वोकृष्ट स्ट्राइकरका रूपमा हेर्ने गरिन्छ । यसै महिना मात्र भारतमा सकिएको महिला लिगमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । भारतीय शीर्ष डिभिजन लिगमा हलचल मच्चाएकी सावित्राले गोकुलम केरालाबाट १० खेलमा २९ गोल गरेकी थिइन् । गोकुलम लगातार लिग च्याम्पियन बन्दा सावित्राको योगदान मुख्य मानिएको थियो । उनले गोकुलमबाट दोस्रो र तेस्रो सिजनमा समग्रमा ४५ गोल गरेकी छिन् ।

सावित्रा भन्छिन्– युरोपमा फुटबल खेल्ने सपना पूरा भएको छ, यसलाई करिअरकै महत्वपूर्ण खुड्किलोका रूपमा लिएकी छु

यसै सिजन सकिएको भारतीय महिला लिगमा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । भारतीय महिला लिगको पहिलो सिजन सेथु फुटबल क्लबबाट खेल्दा सावित्राले सात खेलमा १५ गोल गरेकी छिन् । नेपाली राष्ट्रिय टोलीमा सावित्रालाई कसैले पछि पार्न सक्ने अवस्था छैन ।

नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी सावित्राले करिअरमा पहिलोपटक एसियाली भूमिबाट आफ्नो करिअर बनाउन लागेकी हुन् । उनीसँग माल्दिभ्सको महिला लिगमा खेलेको अनुभव छ । राष्ट्रिय टोलीबाट उनले ४१ खेलमा ४३ गोल गरिसकेकी छिन् । घरेलु फुटबलमा उनी विभागीय क्लब एपिएफसँग आबद्ध छिन् । घरेलु फुटबल प्रतियोगितामा सातौँ राष्ट्रिय फुटबल प्रतियोगिताकै उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सन् २०१९ मा उनी नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको स्पोर्टस् अवार्डमा उनी महिला विधामा सर्वोकृष्ट खेलाडी बनेकी थिइन् ।

अन्तर्राष्ट्रिय करिअर
सावित्राको अन्तर्राष्ट्रिय फुटबल करिअर सन् २०१८–०१९ को सिजनबाट सुरु भएको थियो । भारतको महिला लिगमा उनी पहिलोपटक सेथु फुटबल क्लबसँग आबद्ध भइन् । भारतीय महिला लिगमा आफ्नो डेब्यु सिजनमै उनले चार गोल गरेकी थिइन् । उनले डेब्यु खेलमा मनिपुर प्रहरी स्पोर्टस्विरुद्ध चार गोल गरेकी थिइन् । भारतीय महिला लिगकै पहिलो खेलमा उनी म्यान अफ दी म्याचसमेत भइन् ।

नेपालको राष्ट्रिय महिला फुटबलको कुरा गर्दा उनले सन् २०१४ मा साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गरेकी थिइन् । भुटानविरुद्धको डेब्यु अन्तर्राष्ट्रिय खेलमै उनले पहिलो गोल गरिन् । त्यसपछि सन् २०१६ को साफ च्याम्पियनसिपमा उनले भुटानसँगको प्रतिस्पर्धामा ६ गोल गरेकी थिइन् ।

सोही साफअन्तर्गत नै उनले माल्दिभ्सविरुद्ध पाँच गोल गरिन् । सन् २०१९ को साफ च्याम्पियनसिपमा उनले चार गोल गरिन् । सन् २०१६ को साफ महिला च्याम्पियनसिपमा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सन् २०२० मा ओलम्पिक छनोटमा उनले इन्डोनेसियाविरुद्ध गोल गरेकी थिइन् । नेपालभन्दा बलियो प्रतिद्वन्द्वी भारत, ताजिकिस्तान, इरान र भियतनामविरुद्ध पनि उनले गोल गरेकी छिन् ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb