वीरगंज ३० जेठ/
जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरमा आगलागी हुँदा एकजनाको घर जलेर नष्ट भएको छ।
बिहान ११ः३० बजे मञ्जुमहतो नूनियाको फुसको घरमा आगलागी हुँदा लत्ताकपडा, भाँडाबर्तन, धान चामल, नगद र एउटा मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रनानि नन्दकिशोर साहले बताए। आगलागीबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।
पाँडेपुरमा आगलागी हुँदा एकजनाको घर जलेर नष्ट

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय