neelamb

मधेशमा बिना बिचौलिया कर्जा पाइदैन–गर्भनर अधिकारी

वीरगंज
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मधेशमा प्रदेशमा बिचौलिया र दलालमार्फत बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउने गरेको बताएका छन् । नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयको आयोजनामा होटल लर्डस् दियालोमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई सचेत पार्दै यस्तो गुनासोहरुको बारेमा जानकारी गराए । बैंक तथा वित्तीय संस्थाले जुन ऋण जसको लागि व्यवस्था भएको छ,सम्बिन्धित व्यक्तिले पाउनु निर्देशन दिए । ‘सही ऋणिले सहज रुपमा कर्जा र सेवा बैंकबाट पाउनुपर्छ,बीचमा कसैले बदमासी गर्नु हुँदैन अथवा सेवा प्रवाह गरेको बहानामा मध्यस्थकर्ता बनेर लाभ लिएको पाइयो भने कारवाही गर्छू,’ उनले भने । यस्तो गुनासोलाई सबै बैंक तथा वितिय संस्थाको व्यवस्थपन पक्षले मिलेर न्यूनिकरण गरी बैकिङ विकृतिलाई हटाउनु पर्नेमा उनको जोड थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै गर्भनर अधिकारीले विश्वमै आर्थिक मन्दी चलिरहँदा नेपालको अर्थतन्त्र पनि अछुतो नरहेको बताए । उनले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असरहरु देखापरेको तर पनि नेपालको अर्थतन्त्रलाई सबलीकरण गर्नको लागि विगतमा चालू पूँजी कर्जा नेपाल राष्ट्र बैंकबाट जारी भएको र आगामी आव २०८०÷८१ को लागि नेपाल राष्ट्र बैंकले निर्माण गरिरहेको मौद्रिक नीतिमा ६.५ प्रतिशतको आर्थिक वृदिदरको लक्ष्य लिइने उनले जानकारी गराए ।

 

प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा नेपाल–भारतमा आर्थिक व्यापारको लागि क्रस बोर्डर डिजिटल पेमेन्ट योजना चाँडै शुभारम्भ हुने चर्चा गर्दै नेपाल राष्ट्र बैंक र आइआरबीबीच समझदारी पत्रमा सम्झौता भइसकेको बताए । यो चालू हुन केही समय लाग्छ । तबसम्मको लागि भारतीय पर्यटकहरु नेपाल आउँदा र यहाँबाट भारतमा गएर शिक्षा, उपचार अथवा घुमफिर गर्न जानेहरुलाई केही समस्या हुनसक्ने बताए । क्रस बोर्डर डिजिटल पेमेन्ट प्रणाली सञ्चालनमा आएपछि क्युआर कोडबाट भारतीय नागरिकले नेपालमा र नेपाली नागरिकले भारतको क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न व्यवस्था प्रयोगमा आउँछ । बैंकबाट कृषिमा ऋण लिने तर घरजग्गा किन्ने र अन्य क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुलाई उनले सचेत पारेका थिए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल, नेराबैंका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका प्रमुख एं्रव निर्देशक अजित रेग्मी, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतले सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण नेराबैंका नरेश सर्राफ र धन्यवाद ज्ञापन बैंककी उपनिर्देशक मीलादेवी बराहीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb