neelamb

विद्युत् प्राधिकरण वीरगंजद्वारा १० महीनामा चार अर्ब १९ करोड महसूल सङ्कलन

वीरगंज, २९ जेठ । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले चालू आवको पछिल्लो १० महीनामा चार अर्ब १९ करोड १३ लाख ९२ हजार महसूल सङ्कलन गरेको छ। कार्यालयले १० महीनामा ४४ करोड ७३ हजार युनिट विद्युत् बिक्री गरेर चार अर्ब २१ करोड ४० लाख ९७ हजार महसूल सङ्कलन गर्नुपर्नेमा सो लक्ष्यको ९३.५५ प्रतिशत अर्थात् चार अर्ब १९ करोड १३ लाख ९२ हजार महसूल सङ्कलन गरेको हो। उक्त रकम कूल १० महीनाको लक्ष्यको तुलनामा ६.४५ प्रतिशत कम हो।
कार्यालयले चालू आवको गत साउनमा ४९ करोड ५४ लाख ७८ हजार, भदौमा ४७ करोड ७३ लाख ९७ हजार, असोजमा ४३ करोड ५३ लाख ७५ हजार, कात्तिकमा २९ करोड ९० लाख ७८ हजार, मंसिरमा ३१ करोड ७५ लाख ७८ हजार, पुसमा ४३ करोड २ लाख ६१ हजार, माघमा ३५ करोड ९६ लाख ५२ हजार, फागुनमा ४४ करोड ५० लाख १६ हजार, चैतमा ३९ करोड २८ लाख एक हजार, वैशाखमा ५३ करोड ८७ लाख ५६ हजार गरी चार अर्ब १९ करोड १३ लाख ९२ हजार महसूल सङ्कलन गरेको हो।
कार्यालयले जबकि गत आव २०७९/८० मा ५४ करोड ३९ लाख ७० हजार युनिट बिजुली बिक्री गरेर पाँच अर्ब १८ करोड ४४ लाख ८४ हजार महसूल सङ्कलन गर्नुपर्नेमा ९४.८१ प्रतिशत अर्थात् पाँच अर्ब १५ करोड ८५ लाख १४ हजार महसूल सङ्कलन गरेको थियो भने गत आवको साउनदेखि वैशाखसम्म १० महीनामा ४३ करोड ५६ लाख ४४ हजार युनिट बिजुली बेचेर चार अर्ब १८ करोड ५२ लाख २४ हजार महसूल सङ्कलन गर्नुपर्नेमा ९५.०२ प्रतिशत अर्थात् चार अर्ब १७ करोड २७ लाख ५४ हजार महसूल सङ्कलन गरेको थियो।
गत आवको १० महीनाको तुलनामा चालू आवको १० महीनामा झन्डै दुई करोड बढी रकम वितरण केन्द्र वीरगंजले असुल गरेको छ। चालू आवमा वैशाखसम्म कुल ५३ हजार ७२७ उपभोक्ताले सेवा लिएका छन् भने गत आवको असार मसान्तसम्म कूल ५१ हजार ७६१ उपभोक्ता थिए। चालू आवको १० महीनामा करीब दुई हजार नयाँ उपभोक्ता थपिएको वितरण केन्द्रका लेखा अधिकृत सरोज घिमिरेले जानकारी ग राए।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb