neelamb

३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गरिने

वीरगंज, २४जेठ । वीरगंज महानगरपालिका–३१ लक्ष्मीपुरस्थित ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रक्रिया वीरगंज महानगरपालिकाले बढाएको छ ।
बुधवार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितको टोलीले लक्ष्मीपुरमा उपयोगविहीन रहेको ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएको छ ।
महानगरप्रमुख राजेशमान सिंहले स्थानीयलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरूको आयआर्जन बढाउने उद्देश्यले सामुहिक तरकारी खेतीका लागि महानगरले तयारी गरेको बताए ।
महानगरपालिकाको कृषि शाखाकी कृषि अधिकृत रोशनी यादवले तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने बताइन् ।
वडाध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहको सचिवालय सल्लाहकार हरि पोखरेल, महानगरको आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवालाल साहलगायत पुगेर जग्गा छुट्याएको छ ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb