neelamb

अघोषित लोडसेडिङ समस्या समस्या समाधान गर्न नगरप्रमुख सिंहको निर्देशन

वीरगंज, २३ जेठ । वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले मंगलवार नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेलाई विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देश गरेका छन् ।
वीरगंज र आसपासका क्षेत्रमा केही हप्तायतादेखि लगातार रूपमा भइरहेको अघोषित लोडसेडिङ र ट्रिपीड्ढो समस्याले जनजीवनमा पारेको असर नगरप्रमुख सिंहले बताए ।
दुर्ई हप्तायता अचाक्ली बढेको गर्मीले जनजीवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भइरहेको समस्याले वीरगंज र यस आसपासका वासिन्दा थप पीडित बनेको उनले बताए ।
वीरगंज महानगरपालिकामै प्राधिकरणका प्रमुख दुवेलाई बोलाएर मेयर सिंहले छिनछिनमा लाइन कट्ने समस्या तत्काल समाधान गर्न निर्देशन दिए । प्रचण्ड गर्मीले आजित बनेका वीरगंजवासी छिन छिनमा लाइन कट्दा थप पीडामा परेको भन्दै मेयर सिंहले यो समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्नुपर्नेमा जोड दिए । केन्द्रका प्रमुख दुवेले समस्या समाधानका लागि वीरगंज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्पmमर राख्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्राधिकरणले तयारी गरिरहेको बताए । उनले नयाँ ट्रान्सर्पmमर जडानका क्रममा सहयोग गरिदिन उनले मेयर सिंहसंग आग्रह पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb