परवानीपुर, २१ जेठ/
रोयल इन्फिल्डको नयाँ बिक्रेता त्रिवेणी गु्रपले एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ ।
वीरगंजमा १ लाख वर्गफिटमा फैलिएको आधुनिक प्रविधियुक्त एसेम्ब्ली प्लान्ट तयार पारिएको त्रिवेणी गु्रपले जनाएको छ । कम्पनीका अनुसार उक्त प्लान्ट रोयल इन्फिल्डका वार्षिक २० हजार युनिट बाइक उत्पादन गर्न सकिने क्षमताको छ ।
यस प्लान्टमा कम्पनीले टेष्टिड्ढो लागि जुनजुन आवश्यक हुन्छ त्यो सबै कुराको व्यवस्था गरिएको बताएको छ। कम्पनी स्रोतका अनुसार गुणस्तरहरू सबै चेकजाँच र प्रमाणित गर्न आवश्यक उपकरणहरूको सेटअप गरिएको छ । हालसम्म रोयल इन्फिल्डले ब्राजील, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा कम्पनीका सीकेडी एसेम्ब्ली युनिट सञ्चालनमा ल्याएको छ। नेपालमा शुरू गरिएको यो रोयल इन्फिल्डको पाँचौं एसेम्ब्ली प्लान्ट हो । भारतको तामिलनाडुमा रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र रहेको छ ।
प्लान्ट निर्माण गर्न लगभग ५० करोड रुपियाँँ लगानी लागेको कम्पनी स्रोतको भनाइ छ ।
सरकारले नेपालमा नै एसेम्बल गर्ने प्लान्ट लगाउँदा उत्पादन शुरू गरेको ५ वर्षसम्म अन्तःशुल्कमा ४० प्रतिशत छुट दिने व्यवस्थालाई यो पटकको बजेटले पनि निरन्तरता दिएकाले व्यवसायीहरू एसेम्ब्ली प्लान्ट लगाउँन आतुर देखिएका छन् ।
नेपालमा बजाज, टीभिएस, हिरोलगायतका दुर्ई पाङ्ग्रे सवारीको एसेम्ब्ली प्लान्ट निर्माण गरेका छन ।