वीरगञ्ज । पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुँदैछ । राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।
राष्ट्रपति कार्यालयकाअनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।
प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन् । नेपाली कांग्रेसबाट नौ मन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एक/एक मन्त्री छन् ।
नेकपा (एमाले)सहितको समर्थनमा प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । ०७९ माघ १४ गते नागरिकता प्रकरणका कारण तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै खाली रहेको गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका थिए । चौथोपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।
फागुन १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल गरियो। राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री आफैंले सम्हालेका थिए ।
छैटौँपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालेका थिए । पुस १० मा बनेको गठबन्धन राष्ट्रपतिको निर्वाचनताका भत्कियो । कांग्रेससहितको लोकतान्त्रिक-वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकारलाई अघि बढाए ।
उनले सातौंपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई, लोसपाका एक, नागरिक उन्मुक्तिका एक र आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै सरकार विस्तार गरेका थिए । प्रधानमन्त्रीले आठौंपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
कांग्रेस सांसद एनपी साउदलाई उनले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बने । यस्तै, वैशाख ५ गते उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्री बने ।
प्रधानमन्त्री प्रचण्डले वैशाख २० गते नवौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जसमा कांग्रेसबाट तीन मन्त्री नियुक्त भएका थिए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका थिए ।
वैशाख २४ गते १०औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । जसमा कांग्रेसबाट सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त गरिएको थियो ।
महिलामन्त्री रहनुभएका महिन्द्र राय यादवको जिम्मेवारी सोही दिन हेरफेर गरिएको थियो । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो । मंगलबार मन्त्री थपिएसँग प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

Facebook Comments Box