neelamb

वीरगंजमा एनआइसिसिआई गठन, नेपाल–भारतको साझा समस्याप्रति दुवै सरकार गम्भीर हुनुपर्छ– प्रमुख अतिथि शर्मा

राधेश्याम पटेल, परवानीपुर, ४ जेठ/

निजी क्षेत्रको वकालत गर्ने वीरगंजमा अर्को सङ्गठन स्थापना भएको छ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगंज शाखाको स्थापना भएको हो ।

वीरगंजको होटल भिस्वामा आयोजित समारोहमा सङ्घको घोषणा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेश पूर्वमन्त्री ओमप्रकाश शर्माले निजी क्षेत्रको समस्या उठान एवं वीरगंजको अर्थतन्त्रलाई बलियो बनाउन एनआइसिसिआईको वीरगंजमा स्थापना हुनु राम्रो पक्ष भएको चर्चा गर्दै नेपाल–भारतको साझा समस्यालाई वकालत गर्नको लागि यो सङ्गठन आगामी दिनमा दत्तचित्त भएर काम गर्नुपर्ने सुझाव दिए ।

उनले नेपालको सबैभन्दा नजीकको साथी भनेको भारत भए तापनि कतिपय घटनामा भारतलाई असल मित्र नठान्ने परिपाटीले पनि समस्या उत्पन्न हुने भएकोले विगतको परम्परालाई पनि कायम राख्नको लागि दुवै देशबीच आपसी सदभाव र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले वीरगंजमा लगानी भिœयाउन एवं भारतीय पर्यटक बढाउनको लागि वीरगंजमा आयोजना भएको रात्रिबजार र वीरगंजको सरसफाइको प्रशंसा गर्दै भारतीय पर्यटकको लागि भारू दुई सय र पाँच सय सहज उपलब्धता वा भारतबाट लिएर आउने नीति नियम नेपाल सरकारले बनाए वीरगंजमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्न सकिने जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वीरगंजका उद्योगी, व्यवसायीले मात्र नमस्कार गर्न र आप्mनो स्वार्थसिद्ध गर्न मात्रै सङ्गठन र पद लिन नमिल्ने भन्दै वीरगंजमा रोजगारी सिर्जनाका लागि पनि सोच्न आग्रह गरे । उनले वीरगंजका निजी क्षेत्रका सम्बद्ध सङ्गठनहरूले प्रतिबद्धता गरे आपूmले वीरगंज मनपाभित्रै दुई सय बिघा जग्गा उपलब्ध गराउने दावी गरे ।
“तपाईंहरू तयार हुनुस्, म जग्गा देखाइदिन्छु । कलकारखाना, औद्योगिक कोरिडोर बसाल्नु र वीरगंजका युवालाई रोजगारी दिन शुरू गर्नुस्”, उनले भने– “उद्योग सबै नेपालमा, कामदार सबै भारतको । यदि नेपालमा कारखाना खोलेर भारतीय मजदूरलाई रोजगारी दिनु छ भने वीउवासङ्घ, एनआइसिसिआई, पर्सा च्याम्बर अफ कमर्सलगायत संस्थाहरू के काम ?”

एनवाइसिसिआईकी अध्यक्ष सृजना राणाको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष नीरज अग्रवालको सहजीकरणमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल चामल दाल तेल सङ्घका अध्यक्ष सुबोध गुप्ता, वीउवासङ्घ अध्यक्ष अनिल अग्रवाल (पटवारी), पूर्वअध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो ।

अभिषेक चौधरी अध्यक्ष रहेको एनआइसिसिआईमा वरिष्ठ उपाध्यक्षमा नीरज अग्रवाल, उपाध्यक्षमा अभिषेक पुजारी, सचिव आकाश सर्राफ, सहसचिव धीरज अग्रवाल, कोषाध्यक्ष अवधेशकुमार सरावगी, सहकोषाध्यक्ष कृष्णकुमार अग्रवाललगायत ४५ सदस्यीय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb