neelamb

पर्सामा औंलो रोग नियन्त्रण सम्बन्धी सरोकारवालाको बैठक

राधेश्याम पटेल, परवानीपुर, ४ जेठ/
पर्सामा औंलो (मलेरिया) रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा सम्पन्न बैठकमा सरोकारवालाहरूले सन् २०२५ सम्म राष्ट्रिय लक्ष्य अनुरूप औंलो नियन्त्रणका लागि आआप्mनो स्तरबाट पहल गर्ने भनी प्रतिबद्धता जनाएका थिए ।

नेपालको तथ्याङ्क अनुसार चालू आवमा ३८ वटा स्थानीय र ४५३ वटा आयातित बिरामीहरू फेला परेको छ । पछिल्लो दुई आर्थिक वर्षमा औंलोको सङ्ख्या घट्ने क्रममा थियो तर अहिले वृद्धि भएपछि नेपाल सरकार तथा स्वास्थ्य निकाय चिन्तित भएको छ । आव २०७६/७७ मा स्थानीय १०२, आयातित ५१७ बिरामी थिए भने २०७५/७६ मा स्थानीय ४४०, आयातित बिरामीको सङ्ख्या ६२५ थियो ।

त्यसैगरी २०७४/७५ मा स्थानीय ५५७, आयातित बिरामी ६३० र २०७३/७४ मा स्थानीय ४९२ र आयातित बिरामी ६३६ बिरामी थिए । त्यसैगरी चालू आवमा प्रदेशस्तरीय तथ्याङ्क हेर्ने हो भने कोशीमा १३, मधेसमा ४४, बागमतीमा २९, गण्डकीमा २०, लुम्बिनीमा १४२, सुदूरपश्चिममा १०५ कुल ४९१ बिरामी फेला परेको तथ्याङ्क जानकारी गराइएको थियो ।

मधेस प्रदेशको ४४ वटा बिरामीमध्ये पर्सा, बारामा १/१, रौतहटमा ३, सर्लाहीमा २३, महोत्तरीमा ३, धनुषामा १०, सिराहा २, सप्तरीमा १ जना बिरामी फेला परेका छन् । औंलो रोगका बिरामीलाई लामखुट्टेले टोकेपछि औंलो रोगको परजीवी रगतसँगै चुस्दा उक्त लामखुट्टे पनि सङ्क्रमित हुन्छ र त्यही सङ्क्रमित पोथी लामखुट्टेले अन्यलाई टोक्दा मानिसमा औंलो रोगको सङ्क्रमण हुने गरेको बैठकका प्रशिक्षक डा उदयनारायण सिंहले जानकारी गराए ।

नारायणी अस्पतालका फिजिशियन डा सिंहले सरसफाइ, लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउँदा यो रोगबाट बच्न सकिने सुझाव दिए ।

वीरगंज महानगरपालिकाका सरसफाइ प्रमुख सर्फुद्दीन मियाँले लामखुट्टेको जीवनचक्र २१ दिनको हुने भएकोले मात्र महानगरले गरेर हुँदैन सबै समुदाय मिलेर आप्mनो वरपर पानी जम्ने ठाउँको पहिचान गरी लामखुट्टेको वासस्थान र उत्पत्तिस्थानलाई सफा गर्नुपर्ने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले लामखुट्टेको रोगबाट औंलो र डेंगुजस्ता प्राणघातक रोग लाग्ने भएकोले परिवारका हरेक सदस्यहरू सचेत भई दैनिक व्यवहार अपनाउनुपर्ने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराईले यो रोगको निर्मूलको लागि हरेक समुदायले अग्रसरता देखाउनुपर्ने बताए ।

स्वास्थ्य कार्यालय, पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्ष्Fता एवं जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको सहजीकरणमा भएको कार्यक्रममा पर्साका सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्ष्Fाकर्मी, एनजिओ फेडरेशनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb