वीरगंज, २७ वैशाख/ राष्ट्रिय भूमिहीन आयोग पर्साले पर्सागढी नगरपालिका वडा नं. १ र २ मा भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग पर्साका अध्यक्ष तबरेज अहमदले कार्यक्रममा निस्सा वितरण गर्दै यसपछि लालपूर्जा वितरण गरिने बताए । वडाध्यक्ष राजकपुर खवासको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकलगायतको सहभागिता थियो ।
पर्सागढी नपा–१ र २ का भूमिहीनलाई निस्सा वितरण

भर्खरै
ट्रेन्डिङ
लोकप्रिय