neelamb

मोटरसाइकल दुर्घटनामा बारा प्रसौनीका दुईजनाको मृत्यु

वीरगंज, २१ वैशाख ।
मकवानपुरको भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा बारा प्रसौनीका दुर्ईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रसौनी गाँउपालिका ५ का २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रविन्द्र मण्डल रहेका छन् ।
बुधवार साँझ काठमाण्डौबाट हेटौडातर्पm आउँदै गरेको बाग्मती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल भिमफेदी गाउँपालिका ६ जुरिखेतस्थित सडकबाट करिब दुर्ई सय फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सहनीको अस्पतालमा र मण्डलको घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना पाएपछि भिमफेदीबाट खटिएको प्रहरी टोलीले सहनीलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेको थियो । उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले मण्डलको शव भने बिहिवार विहान मात्रै घटनास्थलमा फेला पारेको थियो । घटनास्थलमा बिहान खोजी गर्ने क्रममा मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb