neelamb

मधेशका मुख्यमन्त्री पनि पाकेटमारबाट पीडित !

१७ वैशाख, जनकपुरधाम । भीआईपीहरुको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भीआईपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैंले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाएका छन् ।

जनकपुरधाममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी एक कार्यक्रममा मुख्यमन्त्री यादवले भने, ‘म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो ।’

जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाए । उनले भने, ‘म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो ।’

आफू पाकेटमारबाट पीडित भएका दुई प्रतिनिधि घटना सुनाउँदै उनले सुरक्षा व्यवस्था फितलो भएको बताए । प्रहरी समायोजन नहुँदा पनि शान्ति सुव्यवस्थामा असर गरेको उनको भनाइ छ । समायोजन नगरे पनि समन्वयमा काम गरिदिँदा पनि समस्याको समाधान निकाल्न सकिने उनको मत छ ।

‘योभन्दा पहिले म सभामुख थिएँ । कुनै ठाउँमा घटना घट्थ्यो । प्रदेश सभा सदस्यले आवाज उठाउनु हुन्थ्यो, म रुलिङ गर्थें । पछि गृहमन्त्रीलाई सोध्दा त घटना थाहै हुँदैनथ्यो,’ उनले अगाडि भने, ‘प्रहरी समायोजन नगरिदिए पनि समन्वय गरेर जाँदा पनि धेरै कामको निकास निस्किन्थ्यो । तर यहाँ समन्वय पनि छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb