neelamb

होटल व्यवसायलाई उद्योग सरह मान्तयता दिन उद्योगमन्त्रीसंग वीरगंजको होटल व्यवसायीको माग

वीरगंज, १७ वैशाख/ वीरगंजका होटल व्यवसायीले होटल व्यवसायलाई उद्योग सरह मान्यता दिन माग गरेका छन् । उद्योगमन्त्री रमेश रिजालसंग होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले यस्तो माग गरेको हो । आईतवार काठमाडौंमा डेलिगेशन लिएर पुगेका व्यवसायीहरुको समुहले संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजाललाई भेटेर ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको टोलीले होटल व्यवसायलाई सरकारले उद्योग सरह मान्यता दिए सरकारबाट विभिन्न सुविधा र सहुलियत पाउने बताए ।
ज्ञापनपत्रमा एक दशक यता विभिन्न कारणले होटल तथा पर्यटन व्यसाय नराम्ररी प्रभावित हुदै आएका कारण त्यसले अर्बौको लगानी संकटमा परेकोको चर्चा गर्दै थलिएका होटल व्यवसायलाई लयमा फर्काउन सरकारले यस्तो मान्यता दिनु पर्ने आवश्यक रहेको तर्क गरिएको छ । ‘२०७२ सालमा आएको विनाशकारी भुकम्प , त्यसपछिको ६ महिने मधेस आन्दोलनसंगैको नाकाबन्दी र ३ वर्ष चलेको कोरोना महामारीका बेला देशभरको होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा ठप्प भएको थियो ,यी कारणले कतिपय होटल तथा रेष्टुरेण्टहरु बन्द नै भए, कतिपय व्यवसायी ऋणमा डुबे, हजारौं मजदुरहरुको रोजगारी पनि गुम्यो,’ उद्योगमन्त्री रिजाललाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ,‘यी यावत समस्याहरु भोगिरहदा समेत तत्कालीन सरकारले होटल व्यवसायीलाई सहुलियत र राहतको मलहम लगाउने काम पनि गरेन , जसका कारण थलिएका होटल तथा पर्यटन व्यवसाय अहिलेसम्म पनि तङ्ग्रीन पनि सकेको छैन ।’ होटल तथा पर्यटन व्यवसाय फेरि पहिलेकै लयमा फर्किन सके यसले अहिले संकटमा परेको मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने भएकाले पनि आफुरुले यो माग गरेको पन्तले बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिलाउन आफु सकरात्मक रहेको प्रतिक्रिया दिए । उनले यस विषयमा नीतिगत निर्णयका लागि पहल गर्न उद्योग मन्त्रालयका सचिवलाई निर्देशन दिने प्रतिबद्धता जनाए । ‘यस विषयमा म सकरात्मक छु , यस व्यवसायसंग सरोकार राख्ने अन्य मन्त्रालयहरु पनि छन्, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसंग पनि समन्वय गरेर यसका लागि तत्कालै प्रकृया अगाडि बढाउछु,’उनले भने । अध्यक्ष पन्तका अनुसार,वीरगंजमा मात्रै साना ठूला गरि ८० भन्दा बढि होटल छन् । यस्तै देशभर भने करिब ८० हजारको हाराहारीमा रहेका होटल तथा पर्यटन व्यवसायमा लगानीकर्ता र मजदुर गरि करिब आठ लाख व्याक्ति आश्रित रहेको उनले जानकारी गराए ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb