neelamb

मधेशका १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

१३ वैशाख, जनकपुरधाम । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्न लागेको हो ।

मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको कृषि मन्त्री बसन्त कुशवाहले जानकारी दिए ।

उनका अनुसार प्राविधिक टोलीले १३६ पालिकामा घुम्ती टेस्ट ल्याबमार्फ़त ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने छ । माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकाले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

राजपुरमा सञ्चालित तीनवटा भट्टीमा तोडफोड

वीरगंज, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजपुर रौतहटले तीनवटा अवैध रक्सी भठ्ठी नष्ट गरेको छ । आज दिउँसो रौतहट, राजपुर न.पा. वडा नं ५ मा...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb