neelamb

रहर बालीमा आगजनी गरेको आरोप

बारा २ वैशाख २०८० । जिल्लाको करैयामाई गाउँपालिका–८ नरही बस्ने बंगाली राउत अहिरको छोरा वर्ष ५६ को प्रताप राउत अहिरले सोही ठाउँ निवासी रामशरण महतो कोइरीको पत्नी वर्ष ५७ को इनरपति कुमारीको रहर बालीमा आगो लगाएको भन्दै कारबाईको मागसहित प्रहरी चौकी गंजभवानीपुरमा उजूरी दिएका छन् ।
औनिया टोल बस्ने राजा चौधरी थारुको चार कट्ठा खेतमा रहर बाली लगाएर जीवनयापन गर्दै आएकी इनरपति कुमारीको रहरबालीमा प्रताप राउतले २०७९ चैत ४ गते दिउँसो आगो लगाएर जलाइदिएको इनरपतिले दिएको उजूरीमा उल्लेख छ । आगजनीबाट पाँच क्विन्टल रहर बाली जलेर नष्ट भएकोले प्रतापलाई कारबाई गरी क्षतिपूर्तिको माग गरिएको उजूरीमा उल्लेख छ ।
<www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

वीरगंजमा लामखुट्टेको आतंक बढयो

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा...

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

neelamb