neelamb

नयाँ वर्षको अवसरमा वीरगञ्ज बजार ३ दिन रातभर खुल्ने

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्षको अवसरमा वीरगञ्ज बजार तीन दिन रातभर खोल्ने तयारी गरेको छ ।

महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्षको अवसरमा २०७९ चैत ३० गतेदेखि वैशाख २ गतेसम्म रातभर बजार सञ्चालन हुने मेयर राजेशमान सिंहले जानकारी दिए ।

उनका अनुसार रात्री बजारको लागि बजार सजावट तथा स्टल बुकिङ अन्तिम चरणमा पुगेको छ । रात्री बजार सञ्चालन हुने दिनमा वीरगञ्ज रक्सौल नाका २४सै घण्टा खुल्ने व्यवस्था मिलाइएको मयेर सिंहले बताउ ।

‘रात्री बजार लगाउँदैछौं तीन दिन नाका २४ अ‍ैं घण्टा खोलिदिनुपर्छ भनेर भनेर भारतीय पक्षसँग आग्रह गरेका थियौं, उनीहरुले हुन्छ भनेर पत्र पठाएका छन्, त्यसका लागि जिल्लाका सुरक्षा निकायका प्रमुख र भन्सार प्रमुखहरुसँग छलफल गर्छौ,’ उनले भने ‘यसले सीमापारी पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास हामीले लिएका छौं।’

सम्साँझै निदाउने वीरगञ्जलाई जगाउँदै व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले रात्री बजार लगाउन लागिएको उनले बताए ।

व्यापारी वर्गलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्य हाम्रो हो । १६ प्रकारको चिया त भारतको पटनाबाट आउँदैछ । चकलेट, तन्दुरी लगायत विभिन्न चियाको स्वाद वीरगञ्ज बासीलाई पस्कदैंछौं, ‘ उनले भने, ‘मसाज भन्ने वित्तिकै समाजका गलत हुन्छ भन्ने सोचाइ छ । परिवारसँग बसेर खुट्टा र टाउकोको मसाज गर्न सकिन्छ । ट्याटु हान्न सक्छौं ।’

रात्री बजारमा किनमेल गर्न आउने मानिसहरुलाई राति १ बजेसम्म आउनजानका लागि निःशुल्क सवारी साधनको व्यवस्था गरेको पनि उनले बताए ।

शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारीमूलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने छन् । साथै विभिन्न साँस्कृतिक झाँकीको प्रस्तुती समेत रहने महानगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb