neelamb

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

वीरगंज, ६ कात्तिक । बारा जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा जिप्रका, बाराले तीनजनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीको आरोपमा कलैया उपमहानगरपालिका वडा नं.८ बस्ने वर्ष २२ को सोहेल अंसारीलाई कात्तिक २ गते पक्राउ गरेको छ । उनले कलैया बरगाछीबाट प्रदेश २–०३–०१३ प ४९५६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेका थिए । सो मोटरसाइकलको पार्टसहरू आफनै घरमा खोलेर अर्काे मोटरसाइकलमा फिट गर्न राखेको अवस्थामा प्रहरीले अन्सारीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । यसैगरी छुट्टा छुट्टै मिति र स्थानमा थप ५ थान चोरीको मोटरसाइकलसहित र २ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.३ बैजनाथपुर टोल बस्ने वर्ष २० को राकेश प्रसाद यादव, बारागढी गाउँँपालिका वडा नं.४ बस्ने वर्ष २४ को रामकिशोर हजरालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्र.२–०३–००९ प ६८९४, ना ३५ प १३७२ र एउटा भारतीय नम्बरको मोटरसाइकल बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
भर्खरै
ट्रेन्डिङ
लोकप्रिय

क्षयरोगमुक्त हिमाल, पहाड तराई नाराका साथ जनचेतनामूलक कार्यक्रम

वीरगंज, १३ मंसिर । नेपाल क्षयरोग निवारण संस्था पर्सा शाखाको आयोजनामा ७०औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस–२०८० को अवसरमा जनचेतनामूलक कार्यक्रम भएको छ । आज श्री...

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Facebook Comments Box
Facebook Comments Box
Facebook Comments Box
neelamb